नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाँक्रीले मतदान गरेकी छन्।
गुल्मीको मदाने- ४ म्यालपोखरीको मेहलेपोखरी मा.वि.को मतदान केन्द्रबाट उनले मतदान गरेकी हुन्। गुल्मी- २ बाट उनी प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन्।
उनी पहिलो पटक चुनावी प्रतिस्पर्धामा छिन्।