बाजुरामा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप

Symbolic photo
Symbolic photo

बाजुरामा झडप भएको छ। प्रहरीका अनुसार बुढीनन्द नगरपालिका वडा नम्बर ५ नन्देश्वरीमा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप भएको हो।

दुई पार्टीका कार्यकर्ताबीच झडप भएपछि मतदान स्थगित भएको बाजुरा प्रहरीले बताएको छ। बिहान पौने ९ बजे झडप भएको बाजुरा प्रहरीले जनाएको छ।

जिल्लामा प्रतिनिधिसभा सदस्यका लागि राजन पाण्डे र टेकबहादुर बढुवाल स्वतन्त्र, एमालेबाट कर्णबहादुर थापा, नेपाली कांग्रेसबाट  बद्री प्रसाद पाण्डे, राप्रपाबाट जंगकुमार गिरी र जनता समाजवादी पार्टीबाट रामबहादुर शाही उम्मेदवार छन्।

प्रकाशित मिति: : 2022-11-20 11:15:00

प्रतिकृया दिनुहोस्