मत खसालेपछि राजेन्द्र लिङ्देनले भनेः निर्वाचन देशको भविष्यसँग जोडिएको छ

BreaknLinks
BreaknLinks

 राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जारी निर्वाचन मतदाता र देशको भविष्यसँग जोडिएको  बताएका छन्।

आइतबार गृहजिल्ला झापाको हल्दिबारी गाउँपालिका- १ स्थित गोलधाप मतदान केन्द्रमा मतदान गरेपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै लिङ्देनले जारी निर्वाचन जनता र देशकाे भविष्यसँग जाेडिएकाे बताएका हुन्। 

अध्यक्ष लिङ्देन झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार हुन्। उनलाई नेकपा एमालेले चुनावमा सघाएको छ। 

नेपाली कांग्रेसका तर्फएबाट उम्मेदवार रहेका कृष्णप्रसाद सिटौला र अध्यक्ष लिङ्देनबीच कडा प्रतिस्पर्धा हुने आंकलन गरिएको छ।

प्रकाशित मिति: : 2022-11-20 13:42:00

प्रतिकृया दिनुहोस्