खोटाङको मतगणना दिउँसो ३ बजेपछि

File Photo
File Photo

खोटाङको मतगणना दिउँसो ३ बजेपछि मात्र हुने भएको छ।

साेमबार बिहान बसेकाे सर्वदलीय बैठकले दिउँसो ३ बजेपछि मात्र मतगणना सुरु गर्ने निर्णय गरेकाे एमाले नेता मोहन पोखरेलले जानकारी दिए।

खोटाङका सबै मतदान केन्द्रबाट मतपेटिका संकलन गरी जिल्ला सदरमुकाम दिक्तेल पुर्‍याइएको छ। खोटाङमा एक मात्र निर्वाचन क्षेत्र छ।

खोटाङमा नेकपा (एमाले)बाट विशाल भट्टराई र सत्ता गठबन्धनबाट माओवादी केन्द्रका रामकुमार राईबीच कडा प्रतिस्पर्धा हुने देखिएकाे छ।

प्रकाशित मिति: : 2022-11-21 13:19:00

प्रतिकृया दिनुहोस्