भक्तपुर क्षेत्र नम्बर–१ मा राप्रपाले सुरुवाती अग्रता लिएको छ।
१ हजार ३११ मत गणना हुँदा राप्रपाका भरत बहादुर खड्काले ३५९ मत पाएका छन् भने दोश्रोमा एमालेका नवराज गेलालले ३५६ मत ल्याएका छन्।
यसैगरी तेश्रोमा नेमकिपाका प्रेम सुवालले २९२ मत पाएका छन् र माओवादी केन्द्रका सुनिल गोठेले २०२ मत प्राप्त गरेका छन्।