चितवन क्षेत्र नं १ को मतगणना सुरु

चितवन क्षेत्र नं १ को मतगणना सुरु भएको छ। तीन निर्वाचन क्षेत्र रहेको यस जिल्लामा क्षेत्र नं १ को मतगणना सुरु गरिएको हो। पूर्वी चितवनको खैरहनी माध्यमिक विद्यालयमा गणना गर्न थालिएको र यो सँगै चार स्थानमा मतगणना गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

बिहान ११ बजे मतगणना सुरु गर्ने भनिए पनि केही ढिला गणना सुरु भएको हो। यस क्षेत्रमा ६८दमलव ७३ प्रतिशत मत खसेको छ। उक्त क्षेत्रमा एक लाख ३९ हजार आठ सय ४५ मतदाता छन्। मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार चितवन क्षेत्र नं २ मा दिउँसो १ बजेदेखि मतगणना गरिने छ। यस क्षेत्रमा ६७दमलव तीन प्रतिशत मत खसेको छ। त्यहाँ एक लाख २४ हजार दुई १४ मतदाता छन्।

क्षेत्र नं ३ मा २ः१५ बजेदेखि  मतगणना सुरु हुने भएको छ। उक्त क्षेत्रमा ६५दशमलव४१ प्रतिशत मात्रै मत खसेको यहाँका निर्वाचन अधिकृत हरिसिं धामीले जानकारी दिए। उक्त क्षेत्रमा एक लाख ४४ हजार दुई सय ८३ मतदाता छन्।

जिल्लाभर चार लाख आठ हजार तीन सय ४२ मतदाता  छन्। उनीहरुमध्ये महिला दुई लाख नौ हजार तीन सय नौ र पुरुष एक लाख उनान्सय हजार ३२ छन्।  एक सय ६१ मतदानस्थलका चार सय ६० मतदान केन्द्रबाट उनीहरुले मतदान गरेका हुन्।
 

प्रकाशित मिति: : 2022-11-21 13:32:00

प्रतिकृया दिनुहोस्