कैलाली १ मा नागरिक उन्मुक्ति अग्रता बढाउँदै

कैलाली क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टीले अग्रता बढाएको छ। 

क्षेत्र नम्बर १ को प्रतिनिधि सभातर्फ हालसम्म ६ सय एक मत गणना हुँदा नागरिक उन्मुक्ति पार्टीकी उम्मेदवार रञ्जिता श्रेष्ठले २ सय ६९ मत ल्याउँदै अग्रता बढाएकी हुन्।

उनलाई एक सय ६० मत सहित कांग्रेसका रामजनम चौधरी पच्छ्याइरहेका छन्। कैलाली १ मा नेकपा एमालेका उम्मेदवार तपेन्द्र रावलले ८४ मत प्राप्त गरेका छन्।

प्रकाशित मिति: : 2022-11-21 14:48:00

प्रतिकृया दिनुहोस्