अर्घाखाँचीमा एमालेका टोपबहादुर रायमाझी विजयी

नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी विजयी भएका छन्।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य पुष्पा भुसाललाई १७३० मतले मतान्तरले पराजित गर्दै उनी चौथौ पटक अर्घाखाँचीबाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका हुन्।

रायमाझीले ४२ हजार ६ सय ७५ मत ल्याउँदा भुसालले ४० हजार ९ सय ४५ मत ल्याइन्।
 

 

प्रकाशित मिति: : 2022-11-23 23:34:00

प्रतिकृया दिनुहोस्