काठमाडाैँ– २ की आइडल साेविता !

काठमाडौँ क्षेत्र नं. २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सोबिता गौतम प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन्। उनी प्रमुख दलका शीर्ष नेताहरूलाई पराजित गर्दै विजयी बन्न सफल भइन्।

उनले १५ हजार २ सय २९ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी मणिराम फुँयालले ११ हजार पाँच सय ५५, राष्ट्रिय प्रजातन्त्र पार्टीकी कुन्तीदेवी पोखरेलले ११ हजार १४ र ओनसरी घर्तीले ९ हजार ४ सय ४९ मत गरिन्।

पत्रकारिता र अधिवक्ता (वकिल) पेसाबाट राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गर्दै राजनीतिमा होमिएकी सोबिता पहिलो प्रयासमै संसद छिर्न सफल भएकी छन्।

काे हुन् सोबिता गौतम ?

राष्ट्रिय स्वतन्त्र पार्टीकी सोबिता गौतम पेसाले अधिवक्ता हुन्। उनीसँग केही समय मिडिया क्षेत्रमा समेत काम गरेको अनुभव छ। उनी विभिन्न सामाजिक अभियानमा समेत सक्रिय छिन्।

उनी अब राजनीतिमा पनि युवाको हस्तक्षेपकारी भूमिका हुनुपर्छ भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेकी हुन्।

उनी ‘एसोसियसन अफ युथ नेपाल’को बोर्ड सदस्यसमेत रहिसकेकी छिन्। उनी जिन्दगीमा एकपटक ‘एसोसियसन अफ युथ लिडर्स नेपाल’को चुनावमा अध्यक्ष पदमा पराजित भएकी थिइन। त्यसबेलादेखि कहिल्यै नहारेकी सोभिता यस पटकको निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा समेत जित निकाल्न सफल भइन।

प्रकाशित मिति: : 2022-11-23 11:26:00

प्रतिकृया दिनुहोस्