उदयपुर २ प्रदेश सभा (ख) मा सत्ता गठबन्धनका खत्री विजयी

File photo
File photo

उदयपुरको निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा (ख) बाट सत्ता गठबन्धका नेपाली कांग्रेसका उम्मेदवार रामकुमार खत्री विजयी भएका छन्। उनले निकटमत प्रतिद्वन्द्वीलाई ३ हजार ३ सय ९१ मत अन्तरले पराजित गरेका हुन्। खत्री १२ हजार ६२७ मत प्राप्त गर्दै प्रदेश सभा सदस्यमा विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका जिवनाथ दाहालले ९ हजार २३६ मत प्राप्त प्राप्त गरेको निर्वाचन अधिकृत जीवनराम भण्डारीले बताए।२०५१ मा नेपाल विद्यार्थी संघबाट राजनीतिक जीवन सुरु गरेको ४२ वर्षीय खत्री कटारी नगरपालिका ८ सिरिसे निवासी हुन्।

यसअघि २०७४ को निर्वाचनमा पनि सोही क्षेत्रबाट प्रदेश सभा सदस्यमा पराजित भएका थिए। निर्वाचन क्षेत्र २ प्रदेश सभा (ख) मा कटारी नगरपालिका र ताप्ली गाउँपालिका पर्छ। त्यहाँ २६ हजार १ सय ७६ मत खसेको थियो।

प्रकाशित मिति: : 2022-11-23 18:58:00

प्रतिकृया दिनुहोस्