मतान्तर घटाउँदै शंकर पाेखरेल

दाङ–२ का उम्मेदवार एमालेका महासचिव शंकर पाेखरेलले मतान्तर घटाउँदै लगेका छन्।

पाेखरेलले गठबन्धनबाट उम्मेदवार रहेकी माओवादी केन्द्रकी केन्द्रीय सदस्य रेखा शर्मासँग मतान्तर घटाउँदै लगेका हुन्। 

यसअघि ओज (बुधाबार) दिउँसोसम्म शर्मा भन्दा पाेखरेल करिब २ हजार मतले पछि थिए। राति ८ बजेकाे मत परिणाम अनुसार शर्माभन्दा पाेखरेल एक हजार २६४ मतले पछाडि छन्। 

अहिले पाेखरेलकाे गृहवडासहित तुलसीपुर १९, १८, १७ र घाेराहीकाा वडा नम्वर ६, १०, ११, १२, १६  वडाकाे मत गणना भइरहेकाे छ। एमालेको प्रभाव रहेका यी वडामा प्राप्त मतका कारण पाेखरेलले मतान्तर घटाइरहेका हुन्। 

पछिल्लो मत परिणामअनुसार अहिले शर्माकाे मत १८ हजार २९५ रहेकाे छ भने पाेखरेलकाे मत १७ हजार ३१ रहेकाे छ। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विशाल अधिकारीकाे १० हजार १२० मत रहेकाे छ।  

क्षेत्र नम्बर २ मा करिब ७९ हजार ४३७ मत खसेकाे थियाे। जसमा ५१ हजार ९८२ मत गणना भइसकेकाे छ। निर्वाचन क्षेत्र नम्बर २(१) मा कांग्रेसका राजु खानाल एमालेका बलिभद्र रानालाई हराउँदै विजयी भइसकेका छन्।

प्रकाशित मिति: : 2022-11-23 20:59:00

प्रतिकृया दिनुहोस्