रूपन्देही–५ मा एमालेका घिमिरे विजयी

File Photo
File Photo

रुपन्देही ५ बाट प्रतिनिधि सभा सदस्यमा एमालेका वासुदेव घिमिरे विजयी भएका छन्।

९ हजार ७ सय मतान्तरसहित नेपाली कांग्रेसका भरतकुमार शाहलाई हराउदै घिमिरे विजयी भएका हुन्।

घिमिरेले ३६ हजार ८२२ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी शाहले २७ हजार १२० मत प्राप्त गरे।

१ लाख २९ हजार १ सय ३५ मतदाता रहेको क्षेत्र नम्बर ५ मा ८५ हजार ७ सय ४ मत खसेको थियो।

प्रकाशित मिति: : 2022-11-24 07:42:00

प्रतिकृया दिनुहोस्