एमालेबाट मुख्यमन्त्रीका दाबेदार भूमिश्वर ढकाल विजयी

रुपन्देही–५ को प्रदेशसभा (क) मा एमालेका भूमिश्वर ढकाल निर्वाचित भएका छन्।

अन्तिम मत परिणाममा एमाले उम्मेदवार ढकालले १९ हजार ७८ मत ल्याएका छन्।

ढकालका निकटतम् उम्मेदवार माओवादी केन्द्रका विनोद पहाडीले ११ हजार ३ सय ६८ मत ल्याएका छन्।

ढकाल यसअघि पनि प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए।

पार्टी उपाध्यक्ष विष्णु पाैडेलनिकट उनी लुम्बिनी प्रदेशमा मुख्यमन्त्री पदकाे दाबेदार मानिन्छन्।

प्रकाशित मिति: : 2022-11-24 08:39:00

प्रतिकृया दिनुहोस्