प्रचण्डका कान्छा ज्वाइँले मोरङबाट चुनाव जिते

प्रचण्ड – जीवन

मोरङ–६ को प्रदेशसभा (क) मा नेकपा एमालेकी रिता न्यौपानेलाई पराजित गर्दै माओवादी केन्द्रका उम्मेदवार जीवन आचार्य विजयी भएका छन्। उनले १६८२ को मतान्तरले विजयी भएका हुन्। 

निर्वाचन आयोगले दिएको जानकारी अनुसार आचार्यले १९ हजार ४५४ मत ल्याएका छन्। उनका निकटतम प्रतिद्वनदी एमालेकी न्यौपानेले १७ हजार ५७२ मत ल्याइन्। 

२०७४ को निर्वाचनमा यही क्षेत्रबाट आचार्य नेपाली कांग्रेसका चुमनारायण तबदारसँग पाराजित भएका थिए। आचार्य माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कान्छा ज्वाइँ हुन्।

प्रकाशित मिति: : 2022-11-24 10:21:00

प्रतिकृया दिनुहोस्