एमाले महासचिव शंकर पोखरेल पराजित

नेकपा एमालेका महासचिव शंकर पोखरेल पराजित भएका छन्। उनलाई दाङ क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रकी रेखा शर्माले पराजित गरेकी हुन्। 

पोखरेल करिब २ सय मतान्तरले पराजित भएको बताइएको छ। औपचारिक रुपमा मत परिणाम सार्वजनिक हुन भने बाँकी नै छ।

एमालेमा पराजित हुने शंकर पोखरेल अर्को ठूला हस्ती हुन्। यसअघि काठमाडौैं ५ मा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पराजित भएका थिए। 

 

प्रकाशित मिति: : 2022-11-24 10:40:00

प्रतिकृया दिनुहोस्