पाँचथरका दुवै प्रदेशसभामा गठबन्धन विजयी, प्रतिनिधिसभामा एमालेको अग्रता

पाँचथरका दुवै प्रदेशसभामा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन्। प्रदेशसभा (१) मा नेकपा एकीकृत समाजवादीका कमलप्रसाद जबेगु र (२) मा नेकपा माओवादीका ईन्द्रबहादुर आङवो विजयी भएका छन्।

प्रदेश (१) मा नेकपा एमालेका राजकुमार भण्डारीलाई पराजित गर्दै एसका कमलप्रसाद जबेगु प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्। जबेगुले १६ हजार ८३७ मत ल्याउँदा भण्डारीले १६ हजार २०४ मत ल्याएका छन्।

प्रदेश (२) मा माओवादीका ईन्द्रबहादुर आङवो तीन हजार बढी मतान्तरले विजयी भएका छन्। आङवो १५ हजार ६७२ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिद्वन्दी एमालेका अइन्द्र सुन्दर नेम्वाङ १२ हजार ६०५ मत ल्याएर पराजित भए।

प्रतिनिधिसभाको मतगणना जारी छ। पछिललो मत परिणाम अनुसार प्रतिनिधिसभामा नेकपा एमालेका वसन्त कुमार नेम्वाङले अग्रता बनाएका छन्।

उनले १८ हजार १५ मत ल्याएका छन्। नेपाली कांग्रेसका भीष्म राज आङदेम्वे १७ हजार ७११ मतका साथ दोस्रो स्थानमा छन्।

प्रकाशित मिति: : 2022-11-24 14:13:00

प्रतिकृया दिनुहोस्