धनकुटामा एमालेको ‘क्लिन स्विप’

धनकुटामा प्रतिनिधिसभासहित दुवै प्रदेशमा एमाले विजयी भएको छ। प्रतिनिधिसभामा नेकपा एमालेका राजेन्द्रकुमार राई विजयी भएका छन्।

उनी ३० हजार १०१ मत ल्याई विजयी भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुनीलबहादुर थापालाई १३९७ मतान्तरले पराजित गरेका हुन्। 

पराजित सुनीलबहादुर थापाले २८७०४ मत ल्याएका छन्। यस्तै माओवादी परित्याग गरी स्वतन्त्र उम्मेवार दिएका हेमराज भण्डारीले ५ हजार ९२६ मत ल्याएका छन्। 

यस्तै प्रदेश (१) मा नेकपा एमालेका निरन राई निर्वाचित भएका छन्। उनी १७ हजार १८ मतका साथ विजयी भएका हुन्। 

राईसँग नेकपा एकीकृत समाजवादीका अर्जुनकुमार राई पराजित भएका हुन्। अर्जुनकुमार राईले १० हजार २२५ मत ल्याएर प राजित भए। 

यस्तै प्रदेश (२) मा एमालेका इन्द्र मणी पराजुली १५ हजार ७९७ मतका साथ विजयी भएका छन्। 

उनका निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रकी कुसुमकुमारी श्रेष्ठले ११ हजार २३० मत ल्याएकी छिन्। पराजुली अघिल्लो पटक सोही क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए।

प्रकाशित मिति: : 2022-11-24 14:56:00

प्रतिकृया दिनुहोस्