पूर्व सांसदलाई हराउँदै मोरङ–१(१) मा एमालेका गौतम विजयी

मोरङ क्षेत्र नम्बर–१ को प्रदेशसभा (१) मा नेकपा एमालेका उमाकान्त गौतम विजयी भएका छन्। 

निवर्तमान संसद कुलप्रसाद साम्बालाई ३५२७ मतको अन्तरले पराजित गर्दै गौतम प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्। 

गौतम १३ हजार ५३१ मत ल्याई विजयी भएका हुन्। उनका प्रतिद्वन्दी नेकपा माओवादीका कुलप्रसाद साम्बाले १० हजार ४ मत ल्याएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्णबहादुर वाइवा तामाङले ९ हजार १८४ मत ल्याएका छन्। 

प्रतिनिधिसभातर्फ पनि एमालेका घनश्याम खतिवडाले अग्रता कायम राखेका छन्। खतिवडाले १२ हजार ४७६ मत ल्याई अग्रस्थानमा छन्। 

उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार डिगबहादुर लिम्बु ११ हजार ७०७ मतका साथ दोस्रो स्थानमा छन्।

प्रकाशित मिति: : 2022-11-24 15:52:00

प्रतिकृया दिनुहोस्