सुनसरी ४ मा एमालेका कुसियैतले लिए अग्रता 

सुनसरी क्षेत्र नम्बर ४ मा नेकपा एमालेका जगदिशप्रसाद कुसियैतले अग्रता लिएका छन्।

उनले झिनो मतले अग्रता लिएका हुन्। पछिल्लो मतपरिणाम अनुसार कुसियैत १२५ मतले अघि छन्। कुसियैतले १२ हजार ६७६ मत ल्याएका छन्।

उनका प्रतिद्वन्द्वी कांग्रेसका कार्कीले १२ हजार ५५१ मत प्राप्त गरेका छन्। यो क्षेत्रमा एकले अर्कालाई उछिन्ने होडले परिणाम रोचक बन्दै गएको छ। केहीसमय अघिसम्म कार्कीले अग्रता लिएका थिए।

कार्कीले १२३७९ मत ल्याँदा कुसियैत १२२०२ मतका साथ दोस्रो स्थानमा थिए। अघिल्लो निर्वाचनमा यो क्षेत्रमा कांग्रेसबाट कार्की नै विजयी भएका थिए।

प्रकाशित मिति: : 2022-11-24 16:36:00

प्रतिकृया दिनुहोस्