दुई गठबन्धनलाई पछि पार्दै मोरङ ५ मा योगेन्द्र मण्डल विजयी

मोरङ क्षेत्र नम्बर ५ मा दुई गठबन्धनलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल विजयी भएका छन्। २१ हजार ८२० मतका साथ योगेन्द्र प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

उनका निकटतम प्रतिद्वन्दी नेकपा माओवादीका शिवकुमार मण्डल र जसपाका राजकुमार यादवलाई चार हजार बढी मतान्तरले पराजित गरेका हुन्। माओवादी मण्डलले १७ हजार ४८६ र जसपाका यादवले १७३९० मत ल्याएका छन्।

एमालेबाट टिकट पाउने आशासहित चुनावको तयारीमा होमिएका योगेन्द्रलाई पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार दिएका थिए। नेकपा एमालेले अन्तिम समयमा जसपासँग चुनावी तालमेल गरेपछि यो क्षेत्र जसपाको भागमा परेको थियो।

प्रकाशित मिति: : 2022-11-24 18:35:00

प्रतिकृया दिनुहोस्