दाङ–३ बाट कांग्रेसका गिरी विजयी

File Photo
File Photo

दाङको निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका दीपक गिरी विजयी भएका छन्। उनी ३६ हजार आठ सय ४२ मत प्राप्त गरी विजयी भएका हुन्।

गिरीका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) की कोमल वलीले २९ हजार ३२ मत प्राप्त गरे। निर्वाचन अधिकृत डोलनाथ न्यौपानेका अनुसार गिरीले वलीलाई सात हजार आठ सय १० मतान्तरले पराजित गरेका हुन्। 

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदीले १५ हजार तीन सय मत प्राप्त गरे। दाङ क्षेत्र नं. ३ मा कूल एक लाख  ४६ हजार चार सय ७५ मतदाता रहेकामा ९० हजार एक सय ५० जनाले मतदान गरेका थिए।

प्रकाशित मिति: : 2022-11-25 05:39:00

प्रतिकृया दिनुहोस्