शेरधनलाई हराउँदै माओवादीका किराती सांसदमा निर्वाचित

File Photo
File Photo

नेकपा माओवादी केन्द्रका सुदन किराती भोजपुरबाट प्रतिनिधिसभामा निर्वाचित भएका छन्।

किराती २८ हजार ५७८ मतसहित विजयी हुँदा उनका  निकटतम प्रतिस्पर्धी एमालेका शेरधन राईले २६ हजार १९३ मत पाएका छन्।

सुदनले दुई हजार ३८५ मतान्तरले चुनाव जितेका हुन्। यो क्षेत्रबाट ०७४ सालमा सुदन नै निर्वाचित भएका थिए। ०७४ को चुनावमा शेरधन प्रदेश १ सभामा चुनाव लडेका थिए । उनी मुख्यमन्त्री पनि बनेका थिए।

प्रकाशित मिति: : 2022-11-25 06:35:00

प्रतिकृया दिनुहोस्