चितवनमा रविको ‘क्रेज’

File photo
File photo

चितवन क्षेत्र नं.२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने विजय भएका छन्। उनले ४९ हजार २ सय ६४ मत ल्याएर नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई पराजित गरेका हुन्।

०७४ को निर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट नेकपा (एमाले)का उम्मेदवार कृष्णभक्त पोखरेलले ४४ हजार ६ सय ७० मत प्राप्त गरी विजयी हुँदा नेपाली कांग्रेसका शेषनाथ अधिकारी २७ हजार ३ सय ९४ मतले पछि परेका थिए।

पूर्व सञ्चारकर्मीसमेत रहेका लामिछानेले सन् २०१७ मा अमिरेकी परिचय त्यागेर नेपाली नागरिकता बनाएका थिए। उनले न्युज २४ मा सिधाकुरा जनतासँगको कार्यक्रम चलाउँथे। सोही क्रममा सबैभन्दा लामो म्याराथन टेलिभिजन टक शो चलाएर गिनिज वर्ल्ड अफ रेकर्ड राखेका थिए। उनको प्रशंसाले चारैतिरबाट ताली पाइरहेको थियो। उनले हजारौँ  जनताहरुको मन जित्न सफल बनेका थिए।

केही समयपछि प्रशंसा पाएसँगसँगै उनलाई पत्रकार शालीकराम पुडासैनीको आत्माहत्याको आरोप लगाएपछि उनको तारिफभन्दा निकै आलोचनाको शिखर बढेको थियो। तर, रविले चितवन जिल्ला अदालतबाट सफाइ पाएका थिए। त्यसपछि झन लामिछाने आम जनतामाझ लोकप्रिय बन्दै गए।

केही समय यता उनले ग्यालेक्सी फो के टेलिभिजनमा सिधा कुरा कार्यक्रम चलाइरहेका थिए। पछिल्लो समय राजनितिमा देखिएको उचाररचढावलाई थेग्न नसकेर उनी पत्रकारिता छोडेर सन् २०२२ जुन २१ मा नयाँ राजनीतिक दल, राष्ट्रिय स्वतन्त्र पार्टी गठनको घोषणा गरेका थिए।

लामिछानेको पत्रकारिता शैली र उनको वरिपरि फैलिएको व्यक्तित्वको पंथबारे प्रश्न उठाउने केही छन्। उनको कार्यविधिले सामान्य जनताका लागि नतिजा जन्माएको छ, जसको तर्फबाट उनले ठगी र भ्रष्टाचारका मुद्दाहरू पछ्याएका थिए। तर, आलोचकहरूले उनको राष्ट्रवादी मुद्रा र सरल कथा रेखाहरूलाई औंल्याएका छन्।

प्रकाशित मिति: : 2022-11-24 21:52:00

प्रतिकृया दिनुहोस्