गृहमन्त्रीलाई पछि पार्दै बोहराको अग्रता कायम

रुपन्देही– ३ मा गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण राप्रपाका नेता दीपक बोहरालाई पछ्याइरहेका छन्।

८४ हजार ७४ मतगणना हुँदा १ हजार ८ सय ४२ मतले बोहरा अगाडि छन्। सुरुवाती चरणमा अग्रता कायम गरेका खाँण शुक्रबारदेखि पछाडि पर्दै आएका हुन्।

खाँणले ३१ हजार ६ मत प्राप्त गर्दा बोहराले ३२ हजार ८ सय ४८ मत प्राप्त गरेका छन्।

३६ वटा वडा रहेको निर्वाचन क्षेत्र नम्बर ३ मा ३३ वडाको मतगण्ना सकिएको छ भने अब सियारीको २, ३ र ६ नम्बर वडाको ९ हजार ४ सय ९३ मत गणना भइरहेको छ।

प्रकाशित मिति: : 2022-11-26 09:24:00

प्रतिकृया दिनुहोस्