सरकारबाट पाएकाे सेवा/सुविधा मन्दिर र गुम्बा निर्माणमा खर्च गर्ने धनबहादुर बुढाकाे घोषणा

डोल्पाबाट प्रतिनिधि सभामा निर्वाचित उम्मेदवार धनबहादुर बुढाले पाँच वर्षसम्म नेपाल सरकारबाट पाउने सेवा सुविधा मठ मन्दिर गुम्बा निर्माण तथा मर्मतमा खर्च गर्ने बताएका छन्।

उनले जिल्लाका सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै यस्तो बताएका हुन्।

उनले मठ मन्दिर र गुम्बा सँगै विद्यालय निर्माण तथा विपन्न बालबलिकालाई पठनपाठमा सहयोगसमेत गर्ने उनले घोषणा गरे।

डोल्पाली जनताले लगातार तेस्रो कार्यकालसम्म अत्याधिक बहुमतले जिताएकाले उनीहरुका हरेक सुख दुखमा साथ दिने उनले बताए।

त्यतिमात्र नभई भेरी करिडार स्तरउन्नती, मसिनेचौर विमानस्थलमा परीक्षण उडान, त्रिपुराकोट काइगाउँ बजार बचाउ योजनाहरुलाई विशेष प्राथामिकतामा राखेर काम गर्ने बताए।

प्रकाशित मिति: : 2022-11-26 10:04:00

प्रतिकृया दिनुहोस्