पोल्यान्डद्वारा साउदी अरेबिया पराजित

photo : hindustan times
photo : hindustan times

कतारको एजुकेसन सिटी रंगशालामा भएकाे खेलमा साउदी अरेबिया पोल्यान्डसगँ २-० ले पराजित भएकाे छ।

पोल्यान्डको जितमा पिटर जिलेन्स्की र रोबर्ट लेवान्डोस्कीले १-१ गोल गरे। साउदीले खेलको पहिलो हाफको इन्ज्युरी समयमा पाएको पेनाल्टीलाई सदुपयोग गर्न सकेन । खेलको ३९औँ मिनेटमा जिलेन्स्कीले गोल गर्दै पोल्याण्डलाई सुरुआती अग्रता दिलाए। त्यस्तै खेलको ८२औँ मिनेटमा कप्तान रोर्बटले गोल गर्दै पोल्याण्डको जित सुनिश्चित गरे।

पहिलो खेलमा मेक्सिकोसँग गोलरहित बराबरीमा रोकिएको पोल्याण्डले दोस्रो खेलमा जित हात पारेको हो। बलियो मानिएको अर्जेन्टिनालाई पहिलो खेलमा पराजित गरेको साउदीको भने यो पहिलो हार हो।

पोल्याण्ड समूह ‘सी’ को शीर्षस्थानमा रहेको छ भने साउदी दोस्रो स्थानमा रहेको छ। पोल्याण्डले चार, साउदी अरेबियाले तीन र मेक्सिकोले एक अङ्क जोडेका छन्। अर्जेन्टिनाले अङ्क जोडेको छैन।

प्रकाशित मिति: : 2022-11-26 21:01:00

प्रतिकृया दिनुहोस्