डोल्पामा पहिलो पटक गर्भ फुटेको महिलाकाे जटिल शल्यक्रिया !

डाेल्पा जिल्ला अस्पतालमा पहिलाे पटक गर्भ फुटेको महिलाकाे जटिल शल्यक्रिया गरिएकाे छ।

रुकुमकाे आठबिसकोट नगरपालिका घर भई हाल मजदुरीका लागि डोल्पा जिल्ला बस्दै आएकी २२ बर्षिया कमला विककाे सफल शल्यक्रिया गरिएको हाे। विक पेट दुखेपछि जाँचका लागि जिल्ला अस्पताल पुगेकी थिइन्। 

असह्य पीडाले छट्पटिदै अस्पताल पुगेकी विककाे स्वास्थ्य जाँच गर्दा पाठेघरको नलीमा बच्चा फुटेर पेटभित्र रगत जमेको पाइएपछि तत्काल शल्यक्रिया गरेर ज्यान जाेगाउन सफल भएको डाक्टर अखन्ड उपाध्यायले बताए।

त्यस्ताे केश अस्पतालमा पहिलो पटक आएको र स्वास्थ्यकर्मीहरुकाे समूहले सफल शल्यक्रिया गरेकाे उपाध्यायले बताए। त्यस्ता केशहरु सुविधा सम्पन्न अस्पतालमा हुने गरेकाे उनकाे भनाइ छ। 

यस किसिमको जटिल शल्यक्रियामा चिकित्सक डा.शंकर राउत, डा. अखण्ड उपाध्याय, डा. दिवेश,एनेस्थेसियामा  डा.दिपेन्द्र . डा. सुस्मिता, डा. सिमा लगायतका स्वास्थ्यकर्मीकाे उपस्थिति रहेको थियाे।

जिल्ला बाहिरका सुविधा सम्पन्न अस्पतालमा लाखाैँ खर्च गरेर उपचार गर्नुपर्ने बिरामीकाे जिल्लामै उपचार गरेर ज्यान जाेगाएकाे भन्दै बिरामीका आफन्तले स्वास्थ्यकर्मीलाई धन्यवाद दिए।

प्रकाशित मिति: : 2022-11-27 11:36:00

प्रतिकृया दिनुहोस्