चुनावमा धाँधली भयो, सर्वसाधारणमाथि गोली चलाइयो : केपी ओली

File Photo
File Photo

एमाले अध्यक्ष केपी ओलीले गठबन्धन सरकारले चुनावमा धाँधली गरेको आरोप लगाएका छन्। मंगलबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा उनले यस्ताे बताएका हुन्।

एमालेका कार्यकर्तामाथि धडपकड र गोली प्रहार गरेर सरकारले निरंकुशता देखाएको उनको आरोप छ।

सरकारले निर्वाचनका क्रममा प्रशासनको दुरुपयोग गरी चुनाव जित्न खाेजेको समेत उनले बताए। उनले बाजुरा दाेलखालगायतका जिल्लामा धाँधली भएकाे समेत बताए।

ओलीलाई बधाई दिँदै कार्यकर्ताहरूले प्रधानमन्त्री बन्नाेस् भनी शुभेच्छासमेत प्रकट गरेका थिए। संसदीय  निर्वाचनकाे नतिजा हेर्दा कांग्रेस र एमालेबीच ९-१0 सिटकाे फरक पर्ने देखिएकाे छ। त्यही कारण एमाले पनि सरकार बनाउने गृहकार्यमा जुटेकाे छ।

प्रकाशित मिति: : 2022-11-29 15:56:00

प्रतिकृया दिनुहोस्