फ्रान्स ट्युनिसियासँग पराजित

Sorin Furcoi/Al Jazeera
Sorin Furcoi/Al Jazeera

कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह चरणकाे प्रतिस्पर्धामा फ्रान्स ट्युनिसियासँग पराजित भएकाे छ। बुधबार राति भएकाे खेलमा फ्रान्स ट्युनिसियासँग १–० गाेल अन्तरले पराजित भएकाे हाे।

ट्युनिसियाकाे जितमा वाहबी खाज्रीले गाेल गरे। उनले खेलकाे ५८औँ मिनेटमा गरेकाे गाेल नै निर्णाय बन्याे।

आजकाे प्रतिस्पर्धामा पराजित भएकाे फ्रान्स यसअघि नै अकाउट चरणमा प्रवेश गरेकाे छ। भने, प्रतिस्पर्धा जिते पनि ट्युनिसिया विश्वकप फुटबलबाट बाहिरिएकाे छ।

प्रकाशित मिति: : 2022-11-30 22:50:00

प्रतिकृया दिनुहोस्