फिफाले कतारमा जारी विश्वकप फुटबलको सेमिफाइनल र फाइनल खेलका लागि नयाँ बल सार्वजनिक गरेको छ।
आइतबार एडिडासले नयाँ बल 'अल हिल्म' सार्वजनिक गरेको हो। अल हिल्म बलको अरबी अर्थ ‘द ड्रिम’ हुन्छ।
उक्त बलमा एडिडास 'कनेक्टेड टेक्नोलोजी' समावेश गरिएकाे छ भने अत्याधुनिक प्रविधिको जडान गरेर बनाइएको छ।
जसले म्याच अफिसियलहरुलाई विश्वकप अवधिभर छिटो र अधिक सटिक निर्णय लिन मद्दत गर्छ। यसभन्दा अघि समूह चरणको खेलहरुमा 'अल रिला’ बलले खेलाएको थियो। अल रिलाको अरबी अर्थ ‘द जर्नी’ हो।
अल हिल्म जस्तै यस बलमा पनि अत्याधुनिक प्रविधिको जडान गरिएको थियो।