हिटिङ पौडी पोखरी शुक्रबारदेखि खुल्ने

राष्ट्रिय खेलकुद परिषद्को सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा रहेको हिटिङ पौडी पोखरी सर्वसाधारका लागि शुक्रबारदेखि खुल्ने भएको छ।

सर्वसाधारणका लागि प्रति सिफ्ट ५ सय रुपैयाँ टिकट दर राखिएको छ। प्रशिक्षण सुविधा बाहेक प्रति व्यक्ति १ महिनाको १० हजार तथा ३ महिनाको २५ हजार सदस्यता शुल्क तोकिएको छ। प्रशिक्षणको सुविधासहित १ महिनाको १२ हजार तथा ३ महिनाको ३० हजार सदस्यता शुल्क निर्धारण गरिएको छ।

पौडी पोखरी बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुनेछ। सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको पौडी पोखरी प्रमुख देवराज कट्वालले जानकारी दिए।

प्रकाशित मिति: : 2022-12-15 09:21:00

प्रतिकृया दिनुहोस्