बलात्कार आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्ने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्धको पेसी स्थगित गरिएको छ।
उच्च अदालत पाटनमा आजका लागि पेशी तोकिए पनि सन्दीप पक्षकै कानुन व्यवसायीले निवेदन दिएर पेशी सारेका हुन्।
लामिछानेको तर्फबाट उनलाई थुनामा राख्न जिल्ला अदालतबाट भएको आदेश बेरीतको आदेश भएको भन्दै सोविरुद्ध पुनरावेदन दायर गरिएको हो।