चैत्र-३ गते टुल्की प्रर्दशनमा आउने

हिमाली जिल्ला डोल्पामा छायाङ्कन गरिएको चलचित्र टुल्की आगामी चैत्र-३ गते प्रदर्शन हुने भएको छ।

ग्रामिण क्षेत्रमा प्रचलित बहुपति प्रथामा आधारीत चलचित्र टुल्की चैत्र-३ मा प्रर्दशन हुने भएको हो।

एक बर्ष अघि कोरोना कहरमा खिचिएको यस चलचित्र ढिलागरी मात्र प्रदर्शनहुन लागेको हो।

द पाल्म ग्रुपको व्यानरमा निर्मित यस चलचित्रमा बहुपति प्रथा सँगै हिमाली जीवनसैली,रहनसहन लगायतका बिषयहरु पनि चलचित्रमार्फत उजागर गरिएको निर्माता शेखर लामाले जानकारी दिए।

देब जंग थापाले निर्देशन तथा छायाङ्कन गरेको यस चलचित्रको निर्माण भने आर.पी कर्माचार्य र शेखर लामाले गरेका हुन्।

यस चलत्रिमा बरिष्ठ कलाकार शिशिर वाङ्देल, स्वस्तिमा कार्की, सोफिया लिम्बु,नरेन्द्र तामाङ्ग, सोम लामा, शेखर लामा, सौजन सुब्बा, भक्तसिँह कठायत, रत्नप्रसाद न्यौपाने, हिमाली न्यौपाने लगायतका कलाकारको अभिनय रहेको छ।

यस चलचित्रको कथा भने लक्ष्मण सुनारले लेखेका हुन्। चार बर्षको अनुसन्धान पछि चलचित्र निर्माण गरिएको र झण्डै एक करोड खर्च भएको निर्माण पक्षले जनाएको छ।

प्रकाशित मिति: : 2023-01-03 20:45:00

प्रतिकृया दिनुहोस्