डोल्पाका लामा एकसाता देखि बेपत्ता

डोल्पाको काइके गाउँपालिका अन्तर्गत वडा नं १ बस्ने ६८ बर्षिया सार्की लामा एक सातादेखि बेपत्ता भएका छन्।

डोल्पाबाट काठमाण्डौ जाने क्रममा एकसाता अघि नगलपरासीको दुम्कीबासबाट हराएका लामा अझै फेला नपरेका हुन्।

रात्रीबस रोकिएको समयमा पिसाप गर्न बाहिर निस्किएका लामा गाडीमा फिर्ता नभएको खबर सुनेको काइके गाउँपालिकाका स्थानीय ओम मगरले बताए।

लामाले जाजरकोटको तल्नुबगरबाट रात्री बस चढेर काठमाण्डौ हिडेको उनले बताए। बेपत्ता लामाको अत्तोपत्तो नभएकाले खोजीकार्य गरिदिन आफन्तले आग्रह गरेका छन्।
 

प्रकाशित मिति: : 2023-01-06 20:35:00

प्रतिकृया दिनुहोस्