सर्वाेच्चकाे फैसला : ठुलिभेरी नगरपालिकाकाे केन्द्र जुफाल कायम !

डाेल्पाकाे ठुलिभेरी नगरपालिकाकाे केन्द्र जुफाल कायम भएको छ।

आइतबार सर्वाेच्च अदालतले दुनै पक्षबाट परेकाे रिट खारेज गर्दै नगरपालिकाकाे केन्द्र जुफाल कायम भएको फैसला गरेकाे हाे।

सदरमुकाम दुनै रहेकाे नगरपालिकाकाे केन्द्र तत्कालीन नगर प्रमुख गणेश शाहीले जालसाजी गरेर जुफाल सारेकाे भन्दै ०७४ साल चैत्र ५ गते सर्वाेच्च अदालमा तत्कालीन उप प्रमुख याेगेन्द्र बहादुर शाही सहित तीन जनाले रिट दायर गरेका थिए।

अदालतले नगरपालिकाकाे केन्द्र जुफाल कायम गरेपछि जुफालका जनप्रतिनिधि तथा स्थानीयले ऐतिहासिक दिन भन्दै खुशीयाली समेत मनाएका छन्।

पहिलाे कार्यकालभरीनै ठुलिभेरी नगरपालिका केन्द्र विवादमा अल्झिएकाे थियाे।

प्रकाशित मिति: : 2023-01-08 20:09:00

प्रतिकृया दिनुहोस्