डाेल्पामा एकजना युवाको शव भेटियो

डाेल्पाकाे ठुलिभेरी नगरपालिकाअन्तर्गत पर्ने थाक्चु खाेलामा एकजना युवाकाे शव भेटिएको छ।

नगरपालिकाअन्तर्गत वडा नं १० बस्ने पर्ने २८ वर्षीया नरेश विककाे शव भेटिएको हाे।

मृतक विक घरदेखि पैंतालीस मिनेटको दुरीमा रहेकाे थाक्चु खाेलामा घाेप्टाे अवस्थामा मृत फेला परेकाे र निधारमा सानाे चाेट देखिएको जिल्ला प्रहरी कार्यालय डाेल्पाका प्रहरी निरीक्षक नवीन चापागाईंले जानकारी दिए।

घटना दुई दिनअघिकाे भएपनि प्रहरीलाई बिहीबार मात्र जानकारी प्राप्त भएकाे उनले बताए। जिल्ला अस्पताल पुर्याइएकाे मृतक विककाे शव शुक्रबार मात्र पाेष्टमार्टम गरिएको छ।

पाेष्टमार्टम भएपनि रिपोर्ट आउन बाँकी रहेकाे जिल्ला प्रहरी कार्यालय डाेल्पाले जनाएको छ।

अस्पतालले पाेष्टमार्टममा मृतककाे तर्फबाट एकजना आफन्त बस्छाैँ भन्दा पनि बस्न नदिएकाे मृतक विकका आफन्तले गुनासो गरेका छन्।

मृतकका आफन्तका अनुसार विक घाँस बेचेकाे पैसा उठाउन बिहानै घरबाट निस्किएको र नआएपछि खाेजी गर्दा शव भेटिएको बताए।

प्रकाशित मिति: : 2023-01-13 17:47:00

प्रतिकृया दिनुहोस्