पाेखरास्थित सेती खाेँचमा भएकाे यति एयरलाइन्सकाे विमान दुर्घटनामा उद्दार कार्य जारी छ।
चालक दलका चारसहित ७२ जना सवार यति एयरकाे ९एन– एएनसी विमान आइतबार बिहान दुर्घटनामा परेका थियाे। काठमाडाैँस्थति त्रिभुन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेकाे २० मिनेटमा नै दुर्घटना परेकाे जहाजमा सवार यात्रूहरूकाे उद्दार कार्य जारी छ।
नागरिक उड्यन प्राधिकरणका अनुसार सेती खाेँचमा दुर्घटनाग्रस्त जहाजमा परेर मृत्यु भएका ६८ जनाकाे शव फेला परेकाे छ। भने, चार जनाकाे अवस्था अज्ञात रहेकाे छ।
जहाज पाेखरा अन्तर्राष्ट्र्रिय विमानस्थल नजिकै सेती खाेँचमा खसेकाे थियाे। जहाज अप्ठ्याराे खाेँचमा दुर्घटना भएकाेले उद्दारमा कठिनाइ भएकाे नेपाली सेनाले जनाएकाे छ।
‘अहिलेसम्म जम्मा ६८ जना यात्रूकाे शव भेटिएकाे छ। ती मध्ये ३० जनाकाे शव गण्डकी अस्पतालमा पुर्याइएकाे छ। बाँकी शव दुर्घटनास्थलमै छन्,’ नेपाली सेना प्रवक्ता कृष्णप्रसाद भण्डारीले भने,‘दुर्घटनास्थल गहिराे खाेँचमा रहेकाले शव निकाल्न कठिन भएकाे छ।’
भण्डारीकाअनुसार खाेँचमा भेटिएका शवहरू क्रेन, डाेरी र भर्याङ प्रयाेग गरेर माथि ल्याउने क्रम जारी छ। एउटै शव माथि निकाल्न पनि धेरै समय खर्चिनु परेकाेले बाँकी शव अस्पतालमा ल्याउन थप समय लाग्नेछ।
‘अहिले त शव निकाल्न नै कठिन भएकाे छ। त्यसैले सबै शव जम्मा गरेर आजै काठमाडाैँ ल्याउन सकिन्छ जस्ताे मलाई लाग्दैन,’ प्रवक्ता भण्डारीले भने।
त्यस्तै अज्ञात अवस्थामा रहेका चार जनाकाे खाेजी कार्य जारी रहे पनि अहिले अँध्याराे हुँदै गएकाेले उद्दारकर्ताहरूलाई समस्या भइरहेकाे छ।
यता काठमाडाैँस्थित नागरिक उड्यान प्राधिकरणले सबै शव गण्डकी अस्पतालका जम्मा गरेर पाेष्टमाटम गरेपछि मात्रै सम्बन्धित निकाय समन्वय गरी शव काठमाडाैँ ल्याइने जनाएकाे छ।
पीडितका परिवार भने दुर्घटना भए लगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर आफन्तकाे अवस्थाबारे जानकारी मागिरहेका थिए। त्यस लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने विमानस्थल पुगेका थिए। विमानस्थलकाे खाेज तथा उद्दार कक्षमा पुगेका उनीहरूले कर्मचारीसँग जानकारी लिएका थिए।
त्यसैगरी यति एयरलाइन्सले दुर्घटनामा परेका यात्रूका आफन्त तथा परिवरलाई सम्पर्कमा आउन आग्रह गरेकाे छ।