डोल्पा अस्पताल भवन निर्माण अन्तिम चरणमा

डोल्पा जिल्ला अस्पतालको भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।

खानी क्याराभान बुद्ध हिमाली जेभी कन्ट्रक्सनद्वारा निर्माण हुन लागेको अस्पताल भवनको असी प्रतिशत काम सम्पन्न भएसँगै निर्माण कार्य अन्तिम चरणमा पुगेको हो।

सामाजिक विकास मन्त्रालयको भ्याट सहित २३ करोड लागतमा बन्न लागेको भवनको उक्त भवनको बीस प्रतिशतमात्र काम बाँकी रहेको निर्माण कम्पनीका प्रतिनिधि यज्ञ बुढाले जानकारी दिए।

दुई तला भएको सुविधा सम्पन्न अस्पताल भवन निर्माणका लागि ०७८ साउनमा सम्झौता भएपनि काम भने माघमा सुरु भएको बुढाले बताए।

भवन निर्माणकार्य तीव्र गतिमा भइरहेकाले यसै आर्थिक वर्षभित्र काम सम्पन्न गरेर अस्पताललाई हस्तान्तरण गरिने निर्माण कम्पनीले जनाएको छ।

सम्झौता अनुरुप तीन वर्षभित्र काम सक्नुपर्ने भएपनि एक वर्षअघि नै काम सम्पन्न गर्ने लक्ष्य रहेको प्राविधिक आस कुमार राईले बताए।

पन्ध्र शैया भएको जिल्ला अस्पताल अहिले पुरानो भवनबाट सञ्चालन भइरहेको छ।

यो भवन निर्माणकार्य सम्पन्न भएपछि विरामीकाले उपचार सेवा पाउने अस्पतालले जनाएको छ। बिजुली बत्ती र पानीको समस्याले काममा समस्या भएको निर्माण कम्पनीले जनाएको छ।

प्रकाशित मिति: : 2023-01-16 13:43:00

प्रतिकृया दिनुहोस्