यतीले विवाह-दर्ता गर्नै नपर्ने लोकमा पुर्याइदियो शिव-अनुश्कालाई !

डा. प्रदीप भट्टराई

वासिङ्टन डीसी, अमेरिका

यती एयरलाइन्स दुर्घटनामा अप्रत्यासित जीवन गुमाएका ७२ यात्रुका कम्तीमा पनि ७२ वटै सपना थिए । तर, अब ती सपना मात्र सपना रहे, यतिले कहिलै पूरा नहुने संसारमा पुर्याइ दियो ।

यस्तै एउटा सपना बोकेको जोडीको सपना पनि सदाका लागि चकनाचुर भएको जानकारी बीएल नेपालस्लाई प्राप्त भएको छ । 

यो जहाजमा पोखरा धम्पुसका शिव गुरूङ पनि श्रीमती अनुश्कासँगै चढेका थिए । अमेरिका बस्दै आएका शिव र अस्ट्रेलियामा रहदै आएकी अनुश्का पुस २७ गते मात्र काठमाडोैं पुगेका थिए ।

उनीहरू विवाह दर्ता गरेर अनुश्का अमेरिका आउँने कागजी प्रक्रिया पूरा गर्न यसपटक सल्लाह गरेर एकै दिन नेपाल पुगेका थिए ।

जब उनीहरू वर्षौपछि काठमाडौैमा भेट भए । उनीहरूले पुसको अन्तिम भएको थियो, पुसमा के विवाह दर्ता गर्नु माघमा गरौला भन्ने सल्लाह गरे ।

त्यसपछि शिवले शिवले पोखरा बगालेटोलमा बस्दै आएका ७६ वर्षका बाबु भक्तबहादुर र ७२ वर्षकी आमा बुद्धि सुब्बा गुरूङलाई भेट्ने र माघे संक्रान्ति पनि मनाउने योजना बनाए । त्यही अनुसार उनीहरू माघ १ गते यतीको जहाज चढेका थिए जस्ले उनीहरूलाई अब विवाह दर्ता नै गर्नै नपर्ने ठाउँमा पुर्याइ दियो ।  

उता, वृद्ध आमाबाबु भने कहिलै छोराबहुारी आउलान् भनेर बाटोतिर आँदा बिछ्याइरहेका थिए । तर, दुर्भाग्य अब उनीहरूले अब कहिलै छोराबुहारी देख्न नपाउने भएका छन् ।

अमेरिकामा आफ्नै व्यावसाय गरिरहेक शिवले पिहलो घरबार बिग्रेपछि अनुश्कासँग विवाह गरेका थिए । उनी अनुश्कासँगको विवाह दर्ता गरेर उनलाई अमेरिका ल्याउने र बाँकि जीवन सुखपूर्वक बिताउने सपना लिएर नेपाल गएका थिए ।

उनले जाने बेला मा साथीभाइलाई भनेका थिए, अब कति बस्नु एक्लै भनेर श्रीमती ल्याउने चाँजोपाँजो मिलाउन पो जान लागे । उनका एक साथीले वीएल नेपालीलाई बिस्मत मान्दै सुनाए । 

नेपालीमा एउटा भनाइ छ, कहाँको जन्म कहाँको मरण । तर, शिव र अनुश्काका लागि भने जन्म पनि नेपाल मरण पनि नेपालमै भयो । 

भाग्य भनौं या नियति उनीहरूको मरण प्रियजनसँगै नेपालमै त्यो पनि यसरी आकस्मिक दुर्घटनामा परेर हुनु परेको रहेछ । 

शिवका एक साथीले भने, जे नहुनु थियो भैहाल्यो, अब त उनीहरू सँगै यो संसार छोडे भाग्यमानी पो रहेछन् जस्तो लाग्यो । 

सुन्दा अप्रिय लाग्छ, तर एक कोणबाट हेर्दा यसलाई शान्तवना सत्यका रूपमा हेर्न सकिन्छ ।  

प्रकाशित मिति: : 2023-01-16 22:21:00

प्रतिकृया दिनुहोस्