यती विमान दुर्घटना: अमेरिकाबाट गएका दुई नेपाली अमेरिकी भैसकेको खुलासा

डा. प्रदीप भट्टराई

वासिङ्टन डीसी

पोखरामा माघ १ गते भएको यती बिमान दुर्घटनामा अमेरिकाबाट गएका चार नेपाली परेकोमा दुई नेपाली-अमेरिकी भैसकेको बताइएको छ ।

यो जानकारी अमेरिकी विदेश विभागका प्रवक्ता नेड प्राइसले दिएका हुन् ।

प्रवक्ता नेडका अनुसार दुई नेपाली भने ग्रीनकार्ड स्टाटसमै थिए । ग्रीनकार्ड अमेरिकाको स्थायी बसोबास कार्ड हो । यो कार्डबाहक बढीमा १० वर्षसम्म अमेरिका बस्न पाउँछ । कार्ड लिएको पाँच वर्षपछि प्रक्रिया पूरा गरेर नेपाली-अमेरिकी हुन पाइन्छ । त्यसो नगर्नेहरू १० वर्प पुगेपछि नवीकारण गर्न सक्छन् ।

प्रवक्ता नेडले परिचय खुलासा नगरे पनि अमेरिका आएको वर्षको आधारमा ती दुई नेपाली शिव गुरूङ र बन्दना सुनार हुन सक्ने अनुमान गरिएको छ । 

राजन सापकोटा डीभी परेर आएको दुई वर्ष मात्र भएकाले उनी अमेरिकी नागरिक नभएको निश्चित छ । 

अमेरिकाबाट नेपाल जाने धेरै अमेरिकी नागरिकता लिएका नेपाली-अमेरिकी पनि नेपाली हैसियतमै जहाज चढ्छन् । विदेशीलाई लिइने महंगो डलर भाडाबाट बच्न उनीहरूले आफ्नो नेपाली मूलको उपयोग गरेका हुन् ।

हरि परियारका बारेमा त्यति धेरै जानकारी छैन । तर, यता विवाह गरेर दुई सन्तान पनि जन्माइसकेको समाचार आएसँगै उनको जीवन अलि जटिल रहेको अनुमान गर्न सकिन्छ । केहीले अमेरिकी नागरिक बन्नकै लागि विवाह गरेको हुन सक्ने पनि अनुमान गरेका छन् ।

काठमाडौैबाट पोखराका लागि उडेको यति एयरलाइन्सको एटीआर विमान उडेको ३० मिनेटपछि पोखरा विमानस्थलभन्दा एक माइल टाढा खोंचमा खसेको थियो । दुर्घटनामा ६८ यात्रु र ४ विमान कर्मचारीको निधन भएको थियो । उडानमा फ्रान्स, रूस, भारत, अष्ट्रेलिया, अर्जेन्टिना, आयरल्याण्ड र दक्षिण कोरियाका १५ विदेशी नागरिकको निधन भएको बताइएको थियो । अब त्यसमा नेपाली मूलका दुई अमेरिकी थपिएपछि विदेशी मृतकको संख्या १७ पुगेको छ । 

अमेरिकाबाट नेपाल जाने धेरै अमेरिकी नागरिकता लिएका नेपाली-अमेरिकी पनि नेपाली हैसियतमै जहाज चढ्छन् । विदेशीलाई लिइने महंगो डलर भाडाबाट बच्न उनीहरूले आफ्नो नेपाली मूलको उपयोग गरेका हुन् ।

प्रकाशित मिति: : 2023-01-21 01:00:00

प्रतिकृया दिनुहोस्