क्यानाडाका प्रधानमन्त्री ट्रुडो नेपाली रेष्टुरेन्टमा, ७२ डलरको बिलमा १२ डलर टिप्स !

डा. प्रदीप भट्टराई

वासिङ्टन डीसी

क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले विहिबार टोरोन्टोस्थित एक नेपाली रेष्टुरेन्टमा डिनर गरेका छन् ।

यससँग सम्बन्धित समाचार क्यानडाबाट सम्प्रेषित नेपाली अनफाइन पोर्टल  नेपाल टच ले भरत केसीलाई उदृत गर्दै दिएको छ ।

केसी क्यानाडामा बिस्तारित भैरहेको नेपाली व्यवसायीहरूको चेन रेष्टुरेन्ट हाक्का खजाना विण्डसर का प्रवन्धक हुन् ।

केसीले भनेका छन् ' विहीबार साँझपख नसोचेको-नचिताएको भयो। रेष्टुरेन्टमा खाना खान ‘भिभिआइपी’ ग्राहक आए। ती व्यक्ति थिए, क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडो।'

रेष्टुरेन्ट क्षेत्रमा काम गरेको ८ वर्षका दौरान देशकै प्रधानमन्त्री टुडोलाई पहिलोपटक सेवा गर्ने मौका पाउनु ठूलो अवसर भएको बताउँदै उनले भनेका छन्,' प्रम ट्रुडोसहितको टोली डिनरका लागि रेष्टुरेन्टमा आयो। करिव साढे एक घण्टा बसेर उनीहरूले मोमो, चिल्ली चिकेन लगायतका परिकार खाए। प्रधानमन्त्रीले रेष्टुरेन्टको टिमसँग खुलेर कुराकानी गरे, फोटो खिचे।'

विदेशमा रहेका हरेक नेपाली नेपाल र नेपालीका सद्भावना राजदूत हुन्छन् । उनीहरू आफ्नो कर्मबाट नेपाल र नेपालीको प्रतिष्ठामा आँच नआवोस् भनेर सचेत हुनुपर्छ र हुने पनि गरेका छन्। यही नै उनीहरूको मूल र जन्मभूमिप्रतिको कर्तव्य हो । 

करिव ७० डलर खानामा खर्च गरेका टुडोले १२ डलर टिप्स दिएको बताउँदै केसीले भनेका छन्, 'पहिलो पटक नेपाली मःम लगायतका परिकारसँग परिचित हुन पाएकोमा प्रधानमन्त्रीले खाना स्वादिलो भएको भन्दै प्रशंसा गरे। '

प्रधानमन्त्रीले डिनरको पैसा उनैले तिरेको बताउँदै केसीले भनेका छन्, प्रधानमन्त्रीसँग आएका अरु पाहुनाले आ-आफ्नो पैसा तिरे। सुरक्षाकर्मीहरूले पनि आ-आफ्नो पैसा आफैं तिरे।“

भरतले भनेका छन्, देशका प्रधानमन्त्रीलाई सेवा गर्न पाउनु आफैंमा ठुलो कुरा हो। उनीबाट नेपाली खानाले प्रसंशा पायो नै क्यानाडाका नेपाली रेष्टुरेन्ट व्यवसायीहरुलाई पनि उत्साहित बनाएको छ।'

विदेशमा रहेका हरेक नेपाली नेपाल र नेपालीका सद्भावना राजदूत हुन्छन् । उनीहरू आफ्नो कर्मबाट नेपाल र नेपालीको प्रतिष्ठामा आँच नआवोस् भनेर सचेत हुनुपर्छ र हुने पनि गरेका छन्। यही नै उनीहरूको मूल र जन्मभूमिप्रतिको कर्तव्य हो । 

प्रकाशित मिति: : 2023-01-21 23:42:00

प्रतिकृया दिनुहोस्