सन्दीप लामिछाने सर्वोच्च अदालत जाने भएका छन्।
धरौटी रकम धेरै लिएको र विदेश जान रोक लगाएको उच्च अदालत पाटनको आदेशविरुद्ध लामिछाने सर्वोच्च अदालत जाने भएका हुन्।
जबरजस्ती करणीको मुद्दा खेपेका लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न २८ पुसमा उच्च अदालत पाटनले आदेश दिएको थियो।
उक्त आदेश बदर गर्न माग गर्दै महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्चमा निवेदन दिएको लामिछानेका कानून व्यवसायी सरोज घिमिरेले जानकारी दिए। निवेदनअनुसार आदेश जारी भए सन्दीप मुद्दाको टुंगो नलागेसम्म थुनामै बस्नुपर्ने हुन्छ ।