गृह मन्त्रालय नपाएपछि सरकारबाट बाहिरिएकाे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तीन मन्त्री आज पत्रकार सम्मेलन गर्दैछन्।
आइतबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा बुझाएका तीन मन्त्रीले दिउँसाे ३ बजे पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा पत्रकार सम्मेलन गर्न लागेका हुन्।
पार्टीकाे केन्द्रीय समिति र संसदीय दलकाे संयुक्त बैठककाे निर्णयपछि साेमबार श्रम राेजगार तथा सामाजिक सुरक्षा मन्त्री डाेलप्रसाद अर्याल, शिक्षा मन्त्री शिशिर खनाल र स्वास्थ्य राज्यमन्त्री डा.ताेसिमा कार्कीले प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटार पुगेर राजीनामा बुझाएका थिए। राति राजीनामा बुझाएका उनीहरुले आज पत्रकार सम्मेलन गर्न लागेका हुन्।
सभापति रवि लामिछानेले नागरिकता विवादका कारण गृह मन्त्रलय गुमाएपछि सरकारसँग असन्तुष्ट बनेकाे रास्वपा सरकार मन्त्रीमण्डल विस्तारकाे डेढ महिना नपुग्दै सरकारबाट बाहिरिएकाे हाे।
रास्वपा सरकारबाट बाहिरिए पनि सरकारलाई दिएकाे समर्थन भने फिर्ता लिएकाे छैन।