भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय

सरकारले भोलि जनयुद्ध दिवसका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आज (आइतबार) बसेको मन्त्रिपरिषदको बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

तत्कालिन नेकपा माओवादीले वि.सं. ०५२ साल फागुन १ गतेबाट जनयुद्ध सुरू गरेको थियो। सोहीअवसर पारेर सरकारले सार्वजनिक बिदा दिने गरेको छ।

माओवादीले सुरु गरेको जनयुद्ध ५ मंसिर ०६३ मा सरकारसँग शान्ति सम्झौता गरेर रोकिएको थियो।

प्रकाशित मिति: : 2023-02-12 17:39:00

प्रतिकृया दिनुहोस्