डाेल्पाेबुद्वकाे छाेइला लेकमा हिउँमा हराएका डाँगीकाे शव पाँच महिना पछि भेटियो 

डाेल्पाकाे उत्तरी क्षेत्रमा पर्ने डाेल्पाेबुद्व गाउँपालिका वडा नं ३ अन्तगर्त छाेईला लेकमा २१ असाेजमा हराएका ठुलिभेरी नगरपालिका वडा नं छ मा बस्ने ४६ बर्षिया कर्ण बहादुर डाँगीकाे शव भेटिएकाे छ।

अत्याधिक हिमपातका कारण घटना भएलगत्तै खाेजतलास गर्न नसकिएकाले हिउँ पग्लेपछि पुगेकाे मृतकका आफन्त र प्रहरीकाे टाेलीले वेपत्ता भएको पाँच महिना पछि शव फेला पारेकाे जिल्ला प्रहरी कार्यालय डाेल्पा प्रहरी नायव उपरीक्षक शिव कुमार बुढाथाेकीले बताए।

मृतक डाँगी स्विजरल्याण्डबाट आएका पर्यटकहरुकाे सहायक कुक भएर उपल्लो डाेल्पा पुगेका थिए। डाँगीकाे शव हिँउमा पुरिएको अवस्थामा उत्खनन गरी प्रारम्भिक अनुसन्धान पुरा गरेर सदगतको लागि निजको भाई बिष्णु चन्द्र डाँगीलाई बुझाईएको प्रहरीकाे जनाएकाे छ।

प्रकाशित मिति: : 2023-03-05 08:23:00

प्रतिकृया दिनुहोस्