युवा स्की टाेली कोरिया प्रस्थान

दक्षिण कोरियामा हुने युथ स्की ट्रेनिङ क्याम्प एन्ड कम्पिटिसनमा सहभागी हुन पाँच सदस्यीय नेपाली टिम आइतबार त्यसतर्फ प्रस्थान गरेको छ।

एसियामा शीतकालीन खेललाई अझ लोकप्रिय र विस्तार गर्न यस प्रकारको प्रशिक्षण र प्रतियोगिताको कार्यक्रम गरिएको हो। नेपाली टिमको प्रशिक्षकमा शाहसराम श्रेष्ठ रहेका छन् भने खेलाडीमा नर्बु शेर्पा, नवीन तामा, छोवाङ मिनग्युर तामाङ र सोयबमान श्रेष्ठ रहेका छन्।

नेपाल ओलम्पिक कमिटी तथा नेपाल स्की संघका अध्यक्ष जीवनराम श्रेष्ठ र कमिटीकै उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज बैद्यले एक समारोहबीच बिदाइ गरेका थिए।

प्रकाशित मिति: : 2023-03-06 07:17:00

प्रतिकृया दिनुहोस्