'ए डिभिजन लिग': आज तीन खेल हुँदै

'सहिद स्मारक एक डिभिजन लिग'अन्तर्गत आज तीन खेलहरु हुँदैछन्।

बुधबार दुई खेल दशरथ रगंशाला र एक खेल च्यासल फुटबल मैदानमा हुँदै छ। च्यासल मैदानमा दिउँसो २:३० बजे एपीएफ र सातदोबाटो तथा दशरथ रंगशालामा सोही समयमा पुलिस र हिमालयन शेर्पा भिड्नेछन्, भने बेलुका दशरथ रगंशालमा ५: ३० बजे मनाङ र संकटाबीचको खेल हुने छ।

महिला दिवसको अवसरमा बुधबार हुने खेलहरुमा  महिला दर्शकले साधारण प्यारापिटमा गएर निशुल्क हेर्न सक्नेछन्।

प्रकाशित मिति: : 2023-03-08 10:04:00

प्रतिकृया दिनुहोस्