राष्ट्रिय टोलीको सहायक प्रशिक्षकमा प्रवेश कटुवाल नियुक्त

अखिल नेपाल फुटबल सघं (एन्फा)ले राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षकमा प्रवेश कटुवाललाई नियुक्त गरेको छ।

बुधबार एन्फाले कटुवालाई सहायक प्रशिक्षकमा नियुक्त गरेको हो। कटुवाल मछिन्द्र फुटबल क्लबका मुख्य प्रशिक्षक समेत हुन्। उनले अब मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनीसको सहायकको रूपमा काम गर्ने छन्।

त्यस्तै, एन्फालले  विनोद डंगोललाई गोलकिपर प्रशिक्षक नियुक्त गरेको छ। राष्ट्रिय फुटबल टिमले चैत ८ देखि १७ गतेसम्म दशरथ रंगशालामा भुटान र लाओससँग प्रधानमन्त्री कप थ्री नेसन्स फुटबल प्रतियोगिता खेल्दैछ।

प्रकाशित मिति: : 2023-03-15 15:00:00

प्रतिकृया दिनुहोस्