आज नेपाल युएईविरूद्ध कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विश्वकप छनौटका लागि जीवन-मरणको म्याच खेल्दैछ।आइसीसी विश्वकप लिग– २ अन्तर्गत छनौट चरणको यो अन्तिम खेल जिते नेपाल विश्वकपका लागि सिधै छनौट चरणमा पुग्नेछ ।
नेपाल ६ देश सम्मिलित लिग– २ मा अहिले अंकतालिकामा ३८ अंकसहित चौथो स्थानमा छ। आजको खेल जित्दा ३९ अंकका साथ तेस्रो स्थानमा रहेको नामिवियालाई पछि पार्दै नेपालले छनौट चरण पार गर्ने हो । यस लिगबाट स्कटल्याण्ट ५० र ओमन ४४ अंकसहित विश्वकप छनौट चरणमा पुगिसकेका छन्।
जारी सिरिजमा नेपालले १८ मा जित र १५ मा हार व्यहाेरेकाे छ भने नामिवियाले १९ मा जित र १६ मा हार व्यहाेरेकाे छ।
खेलमा सामान्यत: जीत वा हार हुने भए पनि बराबर हुने र वर्षाका कारण रद्द हुन सक्ने सम्भावना पनि हुन सक्छन्। तर, जीत बाहेक अन्य कुनै परिणामले नेपाललाई विश्वकप छनौट चरणमा पुर्याउन सक्ने छैन।
त्यसैले आजको म्याच के होला ? घरदेशदेखि परदेशसम्म रहेका सारा नेपालीका लागि समान चासोको प्रश्न भएको छ। यतिबेला उनीहरू नेपालको जीतको कामना गर्दै नेपाली खेलाडीको उत्कृष्ट प्रदर्शनको अपेक्षा गरिरहेका छन्।
नेपाल र युएईबीच भएका पाँच म्याचमा नेपालले चार म्याच जितको छ भने युएईले एक म्याच जितेको छ।
नोभेम्बर १५,२०२३ (काठमाडौैं, नेपाल)
३ विकेटले नेपाल विजयी
युएई १९१, नेपाल १९३/७ ,प्लेयर अफ द टुर्नामेन्ट : गुलसन झा ३७ (४९), १/२९
.........
नोभेम्बर १७,२०२३ (काठमाडौैं, नेपाल)
६ विकेटले नेपाल विजयी
युएई १७६/९, नेपाल १८०/४, प्लेयर अफ द टुर्नामेन्ट : आसिफ शेख ८८* (११९), ३ क्याच
..........
मार्च २ ,२०२३ (दुबई, युएई)
६८ रनले युएई विजयी
युएई २०७/८, नेपाल १३९, प्लेयर अफ द टुर्नामेन्ट : रोहन मुस्ताफा ५२* (७६), ३/३१ २ क्याच
..............
मार्च ६,२०२३ (दुबई, युएई)
४२ रन ले नेपाल विजयी
नेपाल २२९/८, युएई १८७, प्लेयर अफ द टुर्नामेन्ट : भीम सार्की ७० (९९)
.......
मार्च ११,२०२३ (काठमाडौैं, नेपाल)
१७७ रनले नेपाल विजयी
नेपाल २२९/८, युएई १८७, प्लेयर अफ द टुर्नामेन्ट : रोहित पौडेल ७७ (११२)
के होला आज ?
आइसीसी विश्वकप लिग– २ अन्तर्गतका पछिल्ला १२ म्याचमा ११ म्याच जितेको नेपालको पल्ला भारी देखिन्छ। यसअघि सोमबार मात्र नेपालले कीर्तिपुरमै युएईलाई १७७ रनले हराएको थियो। नेपालले २४८ रन बनाउँदा युएई मात्र ७१ रनमा समेटिएको थियो। त्यसअघि मार्च ६ मा युएईमा भएको म्याचमा यूएई ६८ रनले पराजित भएको थियो भने मार्च २ मा भएको म्याचमा नेपालमा ४२ रनले पराजति भएको थियो। पछिल्ला तीन म्याच हेर्दा नेपालले ३ र युएईले १ म्याच जितेकले आजको म्याचमा नेपालकै पल्ला भारी देखिन्छ।
तर, पछिल्ला म्याचहरूका निरन्तर पराजित रहेर एक दिवशीय मान्यतासमेत गुमाइसकेको युएईले बुधबार भएको म्याचमा उत्कृष्ट पुनरागमन गर्दै पपुवा न्यु गिनीलाई पराजित गरेको थियो। यस म्याचमा कप्तान वसिमले बिस्फोटक ब्याटिङ गर्दै ७६ बलमा ११९ रन बनाएका थिए। उनको यो कमब्याक फर्म बर्करार रह्यो भने नेपालका लागि भारी पर्न सक्छ।
हरेक म्याचमा कोही न कोहीले उत्कृष्ट प्रदर्शन गर्दै नेपाली खेलाडीहरूले खेल जिताइरहेका छन्। आज कस्ले विजयी पारि खेल्ने हो, त्यो भन्न सकिने स्थिति छैन। तर, नेपाल उच्च मनोबलका साथ खेलिरहेकाले जीत नै डिजर्ब गर्छ। त्यसमा पनि घरेलु मैदान र दर्शकको साथ पाउनु भएकाले नेपाल थप लाभान्वित छ।
तर, अर्को कोणबाट हेर्दा नेपाल जित्नैपर्ने प्रचण्ड दवावमा छ भने प्रतिस्पर्धाबाट बाहिरिइसकेको युएई दबाबमुक्त छ। सँगसँगै युएईका कप्तान वसिमको कमब्याक पनि नेपाललाई चिन्तित बनाउने विषय भएको छ। यद्यपि, क्रिकेट पण्डितहरूले नेपालकै पक्षमा जीतको प्रक्षेपण गरेका छन्।