किसानका छोरा रामसहाय यादव, शिक्षकदेखि उपराष्ट्रपतिसम्म

शिलापत्र

दिनेश गौतम

जनता समाजवादी पार्टी नेपालका रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा उनी ३० हजार ३२८ मतभार पाएर उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् । उनी चौथो कार्यकालका लागि तेस्रो उपराष्ट्रपति बनेका छन् । उपराष्ट्रपति निर्वाचित हुने उनी दाेस्राे मधेसी हुन् । यसअघि मधेसी समुदायबाट २०६५ मा परमानन्द झा पहिलाे उपराष्ट्रपति बनेका थिए । 

यादव उपराष्ट्रपतिमा निर्वाचित हुनु अघिल्लो दिन काठमाडौं बुद्धनगरस्थित उनको डेरामा पुग्दा भुईंमा यत्रतत्र छरिएका थिए, किताब । भुईंमै लगाइएको थियो उनको ओछ्यान ।  सामान्य थियो उनको डेरा । छोराहरूसँग उनी डेरामा थिए ।

प्रकाशित मिति: : 2023-03-21 06:02:00

प्रतिकृया दिनुहोस्